दफा १४
अन्य सेवामा कार्यरत कर्मचारीको समायोजन
(१) यो ऐन प्रारम्भ हुँदाका बखत स्थानीय
तहमा कार्यरत स्थायी कर्मचारीहरु सम्बन्धित स्थानीय तहमा स्वतः समायोजन भएको
मानिनेछ ।
(२) यस ऐन तथा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि संविधानको
अनुसूची ६ र ८ बमोजिम प्रदेश र स्थानीय तहको अधिकारको सूचीमा परेका विषयसँग
सम्बन्धित काम गर्ने प्रचलित कानून बमोजिम स्थापना भएका र नेपाल सरकारको पूर्ण
अनुदानमा सञ्चालित सङ्गठित संस्थामा कार्यरत स्थायी कर्मचारीलाई निजहरुको साविकको
काम हस्तान्तरण हुने प्रदेश वा स्थानीय तहमा सोही काम सम्पादन गर्न निजहरुको
साविकको सेवाको शर्त र सुविधा कायमै रहने गरी तोकिए बमोजिम समायोजन गरिनेछ